घण्टौंको सास्तीपछी कोरोना परीक्षण

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल परिसरमा घण्टौंसम्म मानिसहरू उभिएका छन् । बिहीबार दिउँसो झरी परिरहेका बेला पनि उनीहरू छाता, प्लाष्टिक ओढेर झरीमा उभिइरहेका देखिन्थे । टेकुमा मानिसहरू रातिदेखि नै आएर लाइन लाग्ने गर्छन् । र उनीहरुमध्येको कथा पीडादायी छ। आफ्नै कोठामा प्रवेश नपाएपछि पिसिआर परिक्षण गर्ने पर्ने बाध्यता ।   प्राय: घरबेटीले कोठामा छिर्न नदिएपछि कोरोना परीक्षण गराउनेको संख्या धेरै छ । तर उनीहरुको पालो कहिले आउँछ थाहा छैन ।

सरकारले लक्षण देखिएकाहरुलाई मात्र जाँच गर भनेको छ तर अस्पतालमा मानिसहरुको लाइन छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई व्यवस्थापन गर्न हम्मे हम्मे परिरहेको छ ।

भारतमा कोरोना भयावह बनिरहेको समयमा सीमा क्षेत्रबाट काठमाडौं फर्किनेहरुसँग घर धनीहरु सशंकित देखिन्छन् । जस्का कारण लक्षण भएपनि नभएपनि पिसिआर गर्नै पर्ने बाध्यतामा परेकाहरुको भीड टेकुमा बढिरहेको छ । करिव ६ महिनाको लकडाउन खुकुलो भएसँगै रोजगारी पाउने आशासहित काठमाडौं फर्किएकाहरुलाई पिसिआरको रिपोर्ट लिने तनाव छ । र यसरी अस्तव्यस्त रुपमा लाइन बस्दा कोरोना वा अन्य रोगको समेत जोखिम बढेको देखिन्छ ।

स्वास्थ्य मन्त्रालय भने आम नागरीकहरुमा टेकुमा मात्र पिसिआर परीक्षण गरिन्छ भन्ने परेका कारण मानिसहरु त्यहाँ भीड लागेको बताएको छ । अन्य ल्यावको बारेमा थाहा नहुँदा टेकुमा निःशुल्क हुन्छ भन्ने लागेर भीड लागेका कारण व्यवस्थापन चुनौतिपूर्ण भएको मन्त्रालयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *