ट्रम्पविरूद्ध भतिजी मेरी ट्रम्पले हालिन् मुद्धा, पैत्रिक सम्पतिमा दशौं लाख डलर ठगेको आरोप
मेरी डोनाल्डका जेठा दाजु फ्रेड ट्रम्प जुनियरकी छोरी हुन्।
मेरीले डोनाल्ड ट्रम्पसँगै परिवारका अन्य सदस्यमाथि पनि दशौं लाख अमेरिकी डलर बराबरको पैत्रिक सम्पतिमा आफूलाई ठगेको भन्दै मुद्धा दायर गरेको समाचार रोयटर्सले जनाएको छ।
सो मुद्धामा मेरीले डोनाल्डसहित ट्रम्पकी दिदी मैरिएन ट्रम्प ब्यारी र उनका दिवगंत भाइ रोबर्ट ट्रम्पविरूद्ध व्यापक धोका दिएको तथा नराम्रो व्यवहार गरेको आरोप लगाएकी छिन्।

उनले आफ्ना हजुरबुवा फ्रेड ट्रम्प सिनियर निर्माण गरेको घर जग्गा साम्राज्यको नियन्त्रण कब्जा गरेर सोको फाइदा आफूहरू मात्रले लिदैं शोषण गरेको आरोप लगाएकी छन्।
ट्रम्पका बाबुको सन् १९९९ मा निधन भइसकेको छ।
मेरीको आरोपमा डोनाल्ड ट्रम्पका वकिलमध्येका एक जे सेक्यूलोले कुनै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ।
मेरीले म्यानह्याटस्थित न्यू योर्क स्टेट अदालतमा मुद्धा दायर गरेकी हुन्।