कर्मचारीले सम्पत्ति विवरण नबुझाए पाँच हजार जरिवाना

सार्वजनिक पद धारण गरेको व्यक्तिले आर्थिक वर्ष सुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण नबुझाए पाँच हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने कानूनमा उल्लेख छ। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई जरिवाना तिराउन निर्देशन दिएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०५८ को दफा ३१ (क)को उपदफा (१)मा सार्वजनिक पद धारण गरेको व्यक्तिले साठी दिनभित्र र हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोत बुझाउनुपर्छ। 

आफू जुन निकायमा कार्यरत् हो त्यहीँ सम्पत्ति विवरण बुझाउनुपर्ने नियम छ।

राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको विवरणअनुसार यस वर्ष सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई पाँच हजार रुपैयाँ तिराउने निर्णय अख्तियारले गरेको हो। सोही निर्णय कार्यान्वयनका लागि बिहीबार अख्तियारले सम्बद्ध निकायहरूलाई निर्देशन पठाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *