मन्त्रिपरिषद पुनर्गठन गर्न ओली प्रचण्ड सहमत, आकस्मिक मन्त्रिपरिषद बैठक बालुवाटारमा

काठमाडौ । प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा उनीहरूबीच तीन घन्टा लामो भेटघाटको क्रममा मन्त्रिपरिषद पुनर्गठनको बारेमा छलफल भएको हो ।

के.पी ओली र पुष्पकमल दाहाल

‘दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठनमै केन्द्रित रहेर पहिलोपटक लामो कुराकानी भएको हो, दुवै अध्यक्ष मन्त्रिपरिषद पुर्नगठनको विषयमा सहमत भएपनि केही नामबारे आज छलफल भएको छ ,’ स्रोतले भन्यो ।

६ असोजमा बसेको सचिवालय बैठकले संवैधानिक अंगमा नियुक्त हुन योग्य व्यक्तिहरूको सूचीका लागि रोस्टर बनाउने, दश दिनभित्र एकीकरणको बाँकी काम सम्पन्न गर्ने गरी गृहकार्य गर्नेगरी ओली र प्रचण्डलाई जिम्मेवारी दिएको थियो । त्यसै अनुसार आज दुई अध्यक्षबीच कुराकानी भएको स्रोतको भनाई छ । प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाउनु भयो’, एक मन्त्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *