आजबाट जनरल इन्स्योरेन्सको आईपीओ, कति कित्ताका लागि दिने आवेदन ?

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको रु. ३० करोडबराबरको आईपीओ आजबाट निष्कासन गरेको छ।

कम्पनीले चुक्तापुँजी रु. १ अर्बको ३० प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गरेको हो। कम्पनीले प्रतिकित्ता रु. १०० दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासित गर्नेछ। 

यो आईपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म सेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ। यो आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ।

यता नेपाल धितोपत्र बोर्डले लागू गरेको १० कित्ता समावेशी नीतिका कारण ६ लाख बढी आवेदकलाई १०/१० कित्ता सेयर बाँडफाँडमा गोलाप्रथाद्वारा नै हुनेछ। यसैकारण कम्पनीको आईपीओ आवेदनमा १० कित्तामात्रै आवेदन गर्न उचित हुने बताइएको छ।

जनरल इन्स्योरेन्स कम्पनीलाई केयर रेटिङ नेपालले डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यो रेटिङले यस्ता संस्थाहरु वित्तीय दायित्वहरुको समयमै सेवा पुर्याउने सम्बन्धमा मध्यम जोखिम भएको मानिन्छ। यस्तै कम्पनीको आईपीओले केयर एनपी आईपीओ ग्रेड ४ प्रमाणपत्र प्राप्त गरेको छ। ग्रेडमा प्रयोग गरिने प्लस चिह्नले यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *