आकस्मिक बसेको मन्त्रिपरिषदको बैठक सम्पन्न

नियमित रुपमा सोमबार बस्दै आएको मन्त्रिपरिषद बैठक यो साता आइतबार नै बस्न पुग्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात बाेलाएकाे मन्त्रिपरिषद्को बैठकले कृषि अनुसन्धान परिषद (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ।

यस्तै, मन्त्रिपरिषदको बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यलाई अख्तियारी दिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा आज (आइतबार) बिहान भएको गम्भिर छलफलपछि मन्त्रिपरिषदको बैठक बसेको थियो।

प्रधानमन्त्री ओली र दाहालबीच भएको छलफलमा मन्त्रिपरिषद पुनर्गठन र पार्टी एकताका बाँकी रहेका काम टुंग्याउने विषयमा छलफल भएपनि मन्त्रिपरिषद बैठकमा भने उक्त विषयमा छलफल नभएको बताइएको छ ।

आज बिहान भएको दुई उच्च नेताको लामो समयसम्म चलेकाे छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ। दुई नेताबीच मन्त्रिपरिषद् पुनर्गठनको तयारी अन्तिम चरणमा पुर्याएको बुझिएको छ। छिटै मन्त्रिपरिषद् हेरफेरलाई अन्तिम रूप दिने सम्भावना रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *