सिद्धार्थ राजमार्ग एकतर्फी सञ्‍चालनमा

सिद्धार्थ राजमार्ग ४२ घन्टापछि एकतर्फी खुलेको छ । राजमार्गको पाल्पा–बुटवल खण्डअन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिकाका दर्जन बढी स्थानमा पहिरो खसेर शुक्रबार बेलुकीदेखि अवरुद्ध भएको थियो । आइतबार सडक खुलेपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

राजमार्गका चिडियाखोला, कदमबास, सिद्धबाबा, हेडबक्स, पैठेडाँडा, भूतखोला, सिसुवा, झुम्सा, अर्घाछाप, पानीमिललगायत स्थानमा ढुंगा र लेदो माटोसहित ठूल्ठूला पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो खसेपछि पहाडी क्षेत्रमा आउने सवारी साधन बुटवलतर्फ रोकिएका थिए भने पहाडबाट तराई झरेका सवारी साधनलाई केराबारी, चर्चरे, जोरधारामा रोकिएका थिए । गुल्मीतर्फबाट आउने सवारी साधन भने हार्थोक, अर्गली लगायतका स्थानमा रोकिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *