बार्सिलोनाको सानदार सुरुवात

स्पेनिस युवा मिडफिल्डर अन्सु फातीको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले नयाँ सिजनको स्पेनिस ला लिगामा सानदार सुरुवात गरेको छ । बार्सिलोनाले घरेलु मैदानमा भिल्लारियलमाथि ४–० को फराकिलो जित दर्ता गरेको हो । नोउ क्याम्पका आइतबार राति भएको खेलमा बार्सिलोनाको सानदार जितमा युवा स्टार अन्सु फातीले दुई गोल गर्दा कप्तान लियोनेल मेस्सीले एक तथा एक गोल उपहार पाएको थियो । सबै चार गोल पहिलो हाफमा सम्भव भएको थियो ।

घरेलु मैदानमा खेलको शुरुवात देखि नै भिल्लारियललाई दवावमा राखेको बार्सिलोनाले १५औं मिनेटमा अन्सु फातीको गोलबाट अग्रता लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *