दुई अध्यक्षको भेटघाट सम्पन्न, मन्त्रिपरिषद् गठनबारे निर्णय हुन सकेन
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आजको छलफल सकिएको छ । छलफलले आज पनि मन्त्रिपरिषद् पुनर्गठनमा निर्णय गर्न नसकेको बुिझएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्डबीच बिहान ११ बजेदेखि चलेको छलफलले यो विषयमा निर्णय गर्न सकेन ।
प्रधानमन्त्री ओलीले केही मन्त्री हटाउने, केही नयाँ अनुहार थप्नेगरी मन्त्रिपरिषद् बैठक तत्काल पुनर्गठन गर्नुपर्ने पक्षमा छन् । प्रचण्डसँगको भेटमा यही आशय व्यक्त गरेका छन् । तर, प्रचण्डले उपाध्यक्ष वामदेव गौतमलाई पनि मन्त्रिपरिषद् बैठकमा सहभागी गराउनुपर्ने भएकाले तत्काल पुनर्गठन गर्न नहुने पक्षमा छन् । उपाध्यक्ष गौतमविरुद्ध परेको रिटको पेसी १४ गतेलाई तोकिएको छ ।
त्यसदिन फैसला आउने सम्भावना रहेकाले अहिले नै मन्त्रिपरिषद् पुनर्गठन गर्न हतारिननहुने उनको भनाइ छ । यसमा प्रचण्डलाई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि साथ दिएका छन् ।
यस्तै हटाउने मन्त्रीको नामावली र नयाँ आउने मन्त्रीको नामावलीमा समेत दुई अध्यक्षबीच मतैक्यता नभएको बुझिएको छ ।