विषाक्त ‘मेथानल’ मिश्रित सेनिटाइजर बिक्रीवितरणमा रोक

मानवस्वास्थ्यमाथि खेलवाड : विषाक्त ‘मेथानल’ मिश्रित यी सेनिटाइजर बिक्रीवितरणमा रोक

औषधि व्यवस्था विभागले विषाक्त रसायन ‘मेथानल’ मिश्रित त्यस्ता ह्यान्ड सेनिटाइजर बिक्रीवितरणमा रोक लगाएको हो। राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको सेनिटाइजरको नमुना परीक्षणमा विषाक्त मेथानल मिश्रण गरेको भेटिएकोले मानव स्वास्थ्यमा हानी पुर्याउने भन्दै विभागले त्यस्ता सेनिटाइजर प्रयोग नगर्न सोमबार एक सूचना नै जारी गरी आग्रह गरेको छ।

सूचनामा विषाक्त रसायन मेथानल समावेश भएको तथा मापदण्डविपरीतका समिश्रण सेनिटाइजरमा पाइएकोले त्यसले मानवस्वास्थ्यमा गम्भीर नकरात्मक असर पार्ने उल्लेख गरिएको छ। त्यस्ता सेनिटाइजरको प्रयोग नगर्न र नगराउनु तथा उत्पादन र बिक्रीवितरण अविलम्ब रोक्का राख्नसमेत विभागले आग्रह गरेको छ।

केही समयअघि पनि मापदण्डविपरीतका केही सेनिटाइजर बजारमा आएपछि विभागले बिक्रीवितरणमा रोक लगाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *