सेयर बजार ४ अंकले घट्यो
काठमाडौं। साताको दोस्रो दिन आज नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक ४.७३ अंकले घटेको छ। हिजो आइतबार ४.२९ अंकले बढेको नेप्से आज झण्डै त्यती नै अंकले घटेको हो।
कारोबार सुरुभएदेखि नै ओरालो लाग्न सुरु गरे पनि अन्तिममा सम्हालिँदै सामान्य अंकले घटेको नेप्से १ हजार ५६० अंकमा आएर रोकिएको छ। यसक्रममा आज ६९ लाख ९७ हजार कित्ता सेयर खरिदबिक्री भएर १ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज नेप्सेमा कारोबार भएका समूहमध्ये २ समूहमा मात्रै सुधार आएको छ। विकास बैंक समूह २.२४ अंक र वित्त समूह ११.४१ अंकले सुधारिनु बाहेक अन्य समूह सबै ओरालो लागेका छन्।
त्यसबोहक अन्य सबै १० समूह घटेका छन्। आज जीवन बीमा समूह ५२.५१ र निर्जीवन बीमा समूह ४९.८३ अंकले घटेको छ।
हिजो साताको पहिलो दिन सेयर बजारमा ३ अर्ब १३ करोडभन्दा बढीको कारोबार भएको थियो। तर, आज १ अर्ब ६९ करोडमा सीमित भएको छ।