जनरल इन्स्योरेन्सकाे शेयरमा दोस्रो दिनसम्म मागभन्दा ५ गुणा बढी आवेदन
आइतबारदेखि बिक्री खुला भएको जनरल इन्स्योरेन्स कम्पनीको प्राथमिक निष्काशन (आईपीओ) मा दोस्रो दिनसम्म मागभन्दा ५ दशमलव ३९ गुणा बढीको आवेदन परेको छ।
कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका ३० लाख कित्ता साधारण सेयर बिक्रीमा राखेको छ। जसमध्ये सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सेयर छुट्याइएको छ। सोमबार साँझ ५ बजेसम्ममा १ करोड ४७ लाख १५ हजार ८७० कित्ताका लागि ५ लाख १७ हजार ६ सय १३ हजार जनाबाट आवेदन परिसकेको कम्पनीको बिक्री प्रबन्धक एआईबीएल एस क्यापिटलले जानकारी दिएको छ।