अपवाद वाहेक पुरानालाई हटाउँःप्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा आज भएको वार्ताले पनि निकास निकाल्न सकेन।

 मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा अध्यक्षद्वय गत बिहीबारदेखि लगातार छलफलमा छन् । तर, पछिल्लो छलफल भने निष्कर्षविहीन बनेका छन् । अध्यक्षद्वयबीच मन्त्रिपरिषद् पुनर्गठनको मोडालिटीमा कुरा मिल्न बाँकी रहेको नेकपा स्राेतले जनाएकाे छ । 

मंगलवारको भेटवार्तामा पनि प्रचण्डले अपवादबाहेक पुराना मन्त्रीलाई हटाएर नयाँलाई अवसर दिनुपर्ने प्रस्ताव गरेका थिए । 

‘नयाँ सन्देश जानेगरी पूरै सेट परिवर्तन गरौं भन्ने प्रचण्डको प्रस्ताव थियो, तर ओलीले सो प्रस्ताव नमान्दा आज पनि निकास निस्कन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *