७.२१ अ‌ंकले घट्यो नेप्से

काठमाडौं। साताको तेस्रो दिन आज नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक ७.२१ अंकले घटेको छ। हिजो सोमबार ४.७३ अंकले घटेको नेप्से आज त्योभन्दा बढी घटेको हो।

कारोबार सुरुभएदेखि नै ओरालो लाग्न सुरु गरे पनि अन्तिममा सम्हालिँदै सामान्य अंकले घटेको नेप्से १ हजार ५५३ अंकमा आएर रोकिएको छ। यसक्रममा आज ७३ लाख ५ हजार कित्ता सेयर खरिदबिक्री भएर १ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज नेप्सेमा कारोबार भएका समूहमध्ये ३ समूहमा मात्रै सुधार आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *