शिक्षण अस्पतालमा दीप प्रज्वलन, डा. केसीको जीवनरक्षाको माग
मेडिकल शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै दीप प्रज्वलन गरिएको छ। त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले १६ दिनयता अनसनरत डा केसीको जीवनरक्षाको माग गर्दै अस्पताल परिसरमा मंगलबार साँझ दीप प्रज्वलन गरेका हुन्।