१५५९ जनामा कोरोना पुष्टिहुँदा उपत्यकामा ९०२ थपिए

पछिल्लो २४ घण्टामा १५५९ थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा १५५९मा संक्रमण पुष्टि भएको हो । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा मात्रै ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार ललितपुरमा ११२, भक्तपुरमा ९३ र काठमाडौंमा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *