आठ वटा ल्याबको अनुमति खारेज गर्ने चेतावनी

२४ घण्टाभित्र शुल्क समायोजन नगरे कालोबजारीमा कारबाही चलाउने समेत चेतावनी दिएको छ । गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमनमा ललितपुरको स्टार अस्पताल, बीएण्डबी अस्पताल, नेपाल मेडिसिटी, कमलपोखरीको सेन्ट्रल डायगनोस्टिक ल्याबरोटरी एण्ड रिसर्च सेन्टर, लाजिम्पाटको सुरिया हेअल्थ केयर, धुम्बराहीको ह्याम्स, सिनामंगलको डीकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, थापाथलीको इन्टरपिड डायगनोस्टिक सेन्टरले २ हजार रुपैयाँ भन्दा बढी लिएको पाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले भदौ २८ मा पीसीआरको २ हजार रुपैयाँ निर्धारण गरेकोमा निजी ल्याबले भने ३ हजार ९ सय देखि ४ हजार ४ सय रुपैयाँसम्म लिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *