माछापुच्छ्रे बैंकमा भारतबाट अतिरिक्त शुल्क बिना पैसा पठाउन सकिने

माछापुच्छ्रे बैंकले (MBL) रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरूले भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज मार्फत बिना कुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ ।

चाडबाडको समयलाई लक्षित गरी असोज १२ गते देखि २ महिना सम्म भारतमा रहेका नेपालीहरूले त्यहाँ स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज संग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट नेपालमा बिना कुनै अतिरिक्त शुल्क पैसा पठाउन सकिनेछ । यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १६० शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवा लगायत देशभर रहेका १० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *