कोरोनाबाट नेपालमा पहिलोपटक चिकित्सकको मृत्यु
कारोनाबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको बिहीबार दिउँसो मृत्यु भएको छ ।
प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका सापकोटालाई सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर राखिएको थियो । डा. खड्कासहितको टोली बिहीबार ४ बजे नेपालगन्जतर्फ गएको छ । डा सापकोटा वरिष्ठ हार्डजोर्नी रोग विशेषज्ञ हुन् ।
योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।