डिजेल र मट्टीतेलको मूल्य समायोजन
नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य समायोजन गेको छ । बिहिवार राति १२ बजेबाट लागूहुनेगरी प्रतिलिटर एक रूपैयाँ मूल्य घटाएको हो।
याँ मूल्य अनुसार अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ८९ रुपैयाँ कायम भएको निगमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । भारतबाट डिजेल र मट्टीतेलमा घटेर नयाँ मूलय प्राप्त भएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
खाना पकाउने ग्यास,पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको छ।