नेपाल-भारत दुईतर्फी हवाई उडान दसैंअघि नै खुलाउने तयारी
चैत १० बाट भारतमा लकडाउन लागेपछि टुटेको भारतसँगको नियमित हवाई सम्पर्क झन्डै सात महिनापछि पुनः सुरु हुने भएको छ ।
नेपाल-भारत नियमित उडान थाल्ने गरी आवश्यक तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार दसैंअघिबाटै नेपाल-भारत दुईतर्फी हवाई उडान पुनः खुलाउने तयारी भएको छ । करिब एक महिनाअघि नै भारतले दुईतर्फी उडान थाल्न प्रस्ताव गरेको थियो। त्यसयता नै दुईतर्फी उडान खुला गर्ने विषयमा छलफल सुरु भएको मन्त्रालयका पदाधिकारीले बताए ।