केरा बारे केही जानकारी र केराका फाइदाहरू:

केरा विश्वको प्राय सबै ठाउँमा पाइने फल हो। साधारणतया केरा भनेर म्युजा Musa परिवारमा पर्ने पोथ्रा वनस्पती र यसको फललाई चिनिन्छ। केराको फल विभिन्न आकार र रंगहरूमा पाइन्छ। साधरणतया सुरूमा हरियो भएपनि पाकेपछि पहेंलो र वैजनी रंगको हुने गर्दछ। केराको प्राकृतिक रूपमा पाइने दुई जङ्गली जातिहरू Musa acuminata र Musa balbisianaबाट आएका विभिन्न प्रजातिका फलहरू मानिसहरूले खाद्यपदार्थको रूपमा उपयोग गर्दछन्। यिनीहरूमा पाइने जीनको आधारमा केराको वैज्ञानिक नामहरू राखिएको छ। जसअनुसार Musa acuminataMusa balbisiana र यिनीहरूको वर्णसंकर हाइब्रिड Musa acuminata × balbisiana केराका वैज्ञानिक नामहरू हुन। कुनै समय Musa sapientum र Musa paradisiaca नामहरू प्रयोग गरिएपनि हाल यी नामहरू प्रयोगमा छैनन्।

– केरा नियमित रूपमा खानाले ब्लडसुगरलाई नियन्त्रण गर्दछ।

– अल्सरका बिरामीले पनि केरा खाँदा फाइदा पुग्छ ।

– यसले मुटुरोगीलाई फाइदा गर्दछ । हरेक दिन दुई कोसा केरा खानाले मुटुको समस्या कम हुन्छ ।

– गर्भावस्थामा महिलालाई सबैभन्दा बढी भिटामिन ‘ओ’ मिनरल्सको आवश्यकता पर्दछ । यस अवस्थामा केरा खानु उपयुक्त हुन्छ ।

– केरा वृद्धवृद्धाका लागि पनि फलदायी हुन्छ, किनभने यो सजिलै पच्छ । यसमा भिटामिन बी, बी–६ र फाइबर हुन्छ, जुन उमेर ढल्केका मानिसलाई चाहिन्छ । उनीहरूको पेटको विकारलाई हटाउन पनि सहयोग गर्दछ ।

– तौल बढाउन लागि पनि केरा उपयोगी हुन्छ ।

– यसमा ट्राइप्टोफान नामक एसिड पाइन्छ, जसले दिमागलाई सधैँ फ्रेस राख्न मद्दत गर्छ ।

– केरामा उच्च मात्रामा फाइबर पाइन्छ जसले पेटको कामलाई दुरुस्त पार्ने तथा पाचन प्रणालीलाई स्वस्थ बनाउने काम गर्छ । यसले अपच तथा कब्जियत जस्ता समस्या समेत कम गर्छ ।

– यदि तपाइँलाइ कब्जियत छ भने तपाइँलाइ केराले निकै फाइदा पुर्याउँछ । दिनमा दुइवटा केरा खनुस र हेर्नुस । केरामा हुने फाइबरका कारण यो समस्याबाट मुक्ति मिल्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *