खोलामा बगेर पाँच बेपत्ता

बाजुराको हिमाली गाउँपालिका – ५ को कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कवाडीका धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्तालगायत उनका तीन छोरी र एक छोरा छन् ।

आज अपराह्न छोराछोरीसमेत लिएर खोलामा नुहाउन गएका बेला छोराछोरी र आमा समेत बगेर बेपत्ता भएको बुझिएको छ । वेपत्ता हुनेमा पाँच वर्षीया आरती,  चार वर्षीया सन्तोषी, दुई वर्षीय सम्मान  र  एक वर्षीया किस्मती रहेको बताइएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *