गुगल मिटअब निःशुल्क

काठमाडौं । ३० सेप्टेम्बर बुधबारदेखि भिडियो कन्फ्रेन्सिङ सर्भिस गुगल मिटमा निशुल्क प्रयोगकर्ताका लागि १ घण्टाको पाबन्दी लगाउने यसअघिको निर्णय गुगलले उल्टाएको छ । विश्वमा जारी कोरोना महामारीको स्थितिलाई मध्यनजर गर्दै गुगल मिटको निःशुल्क अनलिमिटेड सेवालाई निरन्तरता दिने घोषणा गुगलले गरेको हो ।

कोरोना संकटकालको विद्यमान समयमा विश्वका करोडौँ मानिसहरु गुगल मिट तथा जूम जस्ता भिडियो कन्फ्रेन्सिङ सर्भिसहरुमा भर परिरहेका छन् । अफिसको कामका लागि होस् वा विद्यार्थीहरुको पढाइका लागि यी प्लाटफर्महरु निकै उपयोगी बनिरहेका छन् । यस्तो बेला केहीदिन अघि गुगलले आफ्नो गुगल मिट प्लाटफर्ममा निःशुल्क सेवालाई १ घण्टामा सीमित गर्ने घोषणा गरेपछि प्रयोगकर्ताहरु निराश भएका थिए । ३० सेप्टेम्बरदेखि लागू हुने भनिएको उक्त निर्णयलाई अन्ततः गुगलले उल्टाएको छ ।

एक विज्ञप्ती जारी गर्दै गुगलले भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म गुगल मिटमा प्रयोगकर्ताहरुले ६० मिनेटभन्दा धेरै अर्थात् २४ सै घण्टासम्म निरन्तर भिडियो कल गर्न सक्ने घोषणा गरेको हो । सेप्टेम्बर ३० मा एक ब्लग पोष्टमार्फत् गुगलले उक्त जानकारी गराएको हो । गुगलका अनुसार निःशुल्क अनलिमिटेड सेवा सन् २०२१ को मार्च ३१ सम्म जारी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *