पार्टीको संगठनात्मक कार्ययोजनासम्बन्धी प्रस्ताव पारित

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ। बैठकले पार्टीको संगठनात्मक कार्ययोजनासम्बन्धी प्रस्ताव पारित गरेको छ।

पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बैठकमा मन्त्रिमण्डल हेरफेरको विषयमा भने छलफल नभएको र र त्यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जानकारी नगराएको बताए।

यसअघि, नेकपाको स्थायी कमिटी बैठकले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने निष्कर्ष निकालेको र, सैद्धान्तिक र नीतिगत विषयमा छलफल पनि भएको थियो। सोही आधारमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच गृहकार्य भइरहेको श्रेष्ठले बताए ।

उनले अर्को सचिवालय बैठकमा त्यसबारे छलफल हुन सक्ने बताए ।

यसैबीच, बैठकमा अनसनरत डा. गोविन्द केसीलाई अनसन अन्त्य गराउन गरिएको अनुरोधको विवरणबारे प्रधानमन्त्री ओलीले जानकारी गराएको पनि श्रेष्ठले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *