अफगानिस्तान क्रिकेटर २९ वर्षीय नाजिबको निधन

अफगानिस्तानका क्रिकेटर नाजिबउल्लाह ताराकाइको निधन भएको छ ।

अफगानिस्तानको नागहरमा सडकपार गर्ने क्रममा उनलाई गत शुक्रबार कारले ठक्कर दिएको थियो । घटना लगत्तै उनलाई अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा मंगलबार निधन भएको अफगानिस्तान क्रिकेट बोर्डले पुष्टि गरेको छ ।

नाजिबउल्लाहले सन् २०१४ मा अफगानिस्तानबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

उनले १२ टी-ट्वान्टी अन्तराष्ट्रिय र १ एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेका छन् ।

टी-ट्वान्टी अन्तराष्ट्रिय एक अर्धशतकसहित उनले २ सय ५८ रन बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *