म्याद गुज्रेको सामानलाई नयाँ प्याकेजिङ, जनस्वास्थ्यमा खेलबाड

म्याद गुज्रेको सामान बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले मंगलबार चन्डोलस्थित जोडिकयाक मार्केटिङ डिस्ट्रिब्युटर्सको गोदाममा छापा मारेर त्यस डिस्ट्रिब्युटर्सका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगरका सञ्चालक जितेन्द्रकुमार लोइया, अकाउन्टेन्ट मुकेश रौनियार र स्टोरकिपर अनिल मगर छन्। उक्त गोदामबाट प्रहरीले म्याद गुज्रेको बिस्कुट, तेल, क्यान टुनाफिस, डाइपर, टिस्यु, पास्ता, चकलेट लगायत उत्पादन बरामद गरेको छ।

जोडिकयाक मार्केटिङको गोदाम

उनीहरूले म्याद गुज्रेको सामानलाई नयाँ प्याकेटमा, नयाँ मिति हालेर बेच्ने गरेका थिए। उनीहरूमाथि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

पछिल्लो समय राजधानीका विभिन्न ठाउँमा म्याद गुज्रेको सामानलाई नयाँ मितिको लेबलिङ गरेर पुनः बजार पठाउने गरेका गतिविधि भेटिन थालेको छ।

यसअघि पनि प्रहरीले कलंकीको आयान डिस्ट्रिब्युटर्स र एएसटी प्रालिको गोदाममा छापा मारेको थियो। त्यहाँबाट पनि प्रहरीले म्याद गुज्रेको सामान बरामद गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *