देशभर ३४३९ जना, काठमाडौंँ उपत्यकामा मात्रै १६८४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा १२६१ महिला र २१७८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

काठमाडौं उपत्यका

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा मात्रै १ हजार ६ सय ८४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौ जिल्लामा १२९६ ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *