‘अब लकडाउन हुन्न’

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भन्छन्, ‘फेरि नेपालमा राष्ट्रव्यापी लकडाउन हुने सम्भावना छैन ।’ संक्रमण अध्यधिक बढ्यो भने ‘हट स्पट’हरुमा चाहिँ स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन वा सिल गर्न सक्छ ।

काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले भदौ ३ देखि तीन सातासम्म निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि सरकारले थप क्षेत्रहरु खुला गर्दै लगेको छ । र, त्यहीबेला स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सिफारिस गरेपछि दशैंकै बेला देशभर बन्दाबन्दी त हुने होइन भन्ने त्रास सबैतिर छायो ।

तर, सरकारका प्रवक्ता मन्त्री ज्ञवाली भन्छन्, ‘अहिले दैनिक भेटिने संक्रमितमा आधाभन्दा बढी काठमाडौं उपत्यकाकै छन्, आइसोलेसन वार्डहरु पनि भरिँदै गएका छन् । यसका लागि विशेष व्यवस्था गर्नुपर्ला । तर, लकडाउन समाधान होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *