चिकित्सक संघद्वारा आन्दोलन घोषणा, सरकारले बनायो वार्ता टोली

सरकारले डा. गोविन्द केसीको अनशनको सन्दर्भमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा रहेका छन् ।

केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोलीको घोषणा भएको छ। टोलीमा डा अन्जनी कुमार झा, डा लोचन कार्की र अधिवक्ता ओम प्रकाश अर्याल रहेको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन्।

चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित विभिन्न माग राख्दै अनशनरत केसीसँग वार्ता गर्न वार्ता टोली गठन गर्न चिकित्सक संघले दिएको ७२ घण्टे अल्टिमेटम बुधबार नै सकिएको थियो ।

सरकारले वार्ता टोली गठन गरी अनशन तोडाउन पहल नगरेको भन्दै चिकित्सक सं‌घले भोलि असोज २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने निर्णय गरेको थियो ।

चिकित्सक सं‌घको आन्दोलन घोषणा भएको केहीबेरमै सरकारले वार्ता टोली गठन गरेको जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *