कोलकत्ताको तेस्रो जित

कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।

अबुधाबीमा बुधबार साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकत्ताले तेस्रो जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रब नत्र बनाउन सक्यो ।

चेन्नईले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा राजस्थान रोयल्स १६ र दिल्ली क्यापिटल्ससँग ४४ रनले पराजित हुन पुग्यो । सनराइजर्स हैदराबादसँग ७ रनले पराजित हुन पुगेको थियो । तर पन्जाबलाई भने १० विकेटले पराजित गरेको थियो । चेन्नईले अव आगमी शनिवार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ ।

कोलकाता पहिलो खेलमा मुम्बईसँग ४९ रनले हारेको थियो । दोस्रो खेलमा हैदराबादलाई ७ विकेटले हराएको थियो । राजस्थानलाई ३७ रनले पराजित गर्दा दिल्लीसँग १८ रनले पराजित हुन पुगेको थियो । कोलकाताले शनिबार किंग्स इलेभेन पन्जाबसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *