डा. गोविन्द केसी पक्षको वार्ता टोली र सरकारी टोलीबिच वार्ता जारी

अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच १० घण्टादेखि वार्ता जारी रहेको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सकारात्मक रहेको बताइएको छ । 

यसअघिको बैठकमा दुवै टोलीले सहमतिको लागि ड्राफ्ट बनाएको थियो । त्यसपछि केही समय रोकिएको वार्ता सरकारी टोलीले ड्राफ्ट माथिल्लो निकायमा र डा. केसीका प्रतिनिधिले पनि डा. केसीलाई देखाएपछि पुनः सुरु भएको थियो । अहिले ड्राफ्टमा केन्द्रीत भएर छलफल भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *