एकैदिन थपिए ४ हजार ३६४ कोरोना संक्रमित , उपत्यकामा थपिए २५४० संक्रमित
नेपालमा पछिल्लो २४ घन्टामा बिहीबार थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ८५ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा २०८५ जना, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
पछिल्लो २४ घण्टामा थप २,६७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७१ हजार ३४३ पुगेको छ ।
मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७८ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।