टहरामा आगलागी ३ लाख क्षति

काठमाडौको कागेश्वरी मनहरा नगरपालिका–४ ब्रम्हखेल बस्ने २३ वर्षीय अजय चौलागाईको शंखरापुर नगरपालिका–६ सलम्बुटारस्थित ब्लकले बनेको टहरोमा आगलागी हुँदा फर्निचर, लत्ताकपडा लगायत विभिन्न सामानहरू जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

टहरोमा करेन्ट सर्ट भई बुधबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ। स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *