आर्थिक वृद्धिदर शून्यमा झर्छ: विश्वबैंक, दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्र गहिरो संकटमा

विश्वबैंकका अनुसार कोरोना भाइरसको महामारी र यसको नियन्त्रणकाका लागि अपनाइएका उपायहरुका कारण दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्र अहिलेसम्म कै गहिरो संकटमा छ । सुक्ष्म मन्दीको अवस्थामा अर्थतन्त्र रहेको विश्वबैंकले जनाएको छ । जसले गर्दा अनौपचारिक क्षेत्रमा बढी मार पर्ने देखिएको छ ।

आर्थिक क्रियाकलाप र पर्यटन क्षेत्र सबैभन्दा मारमा परेको विश्व बैंकको भनाइ छ । यसले अनौपचारिक क्षेत्रका कामदारको रोजगारीमा असर परेको छ । फलस्वरुप दक्षिण एसियाली क्षेत्रका मानिसले चरम चरिबीको सामना गर्नुपर्ने भएको छ ।

पछिल्लो ५ वर्षमा दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर ६ प्रतिशत हाराहारी थियो । सन् २०२० मा ७.७ प्रतिशतको आर्थिक वृद्धिमा गिरावट आउने अनुमान गरिएको छ । यो सोचेभन्दा बढी र डरलाग्दो अवस्था भएको बताइएको छ । तर, सन् २०२१ मा भने केही गतिविधिहरु सूचारु हुनेछन् ।

विश्व बैंकले स् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा झर्ने अनुमान गरेको छ । बिहीबार दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बै‌ंकले नेपालको आर्थिक वृद्धिदर शून्यमा झर्ने प्रक्षेपण गरेको हो ।

चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारले भने ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *