प्रधानमन्त्रीका तीन सल्लाहकारको कोभिड रिपोर्ट नेगेटिभ
प्रधानमन्त्री केपी ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
‘हामीले कोरोना संक्रमण जितेका छौं, थापाले ट्वीट गरेका छन्, ‘हामीप्रति शुभेच्छा र सद्भावका निम्ति सबै महानुभावप्रति आभारी छौं ।’