पछिल्लो २४ घण्टामा २ हजार ५९ कोरोना संक्रमित थपिए,उपत्यकामा मात्रै १ हजार ४०९ जना

नेपालमा एकैदिन २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०९ जना रहेका छन् ।  काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् । 

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको जानकारी दिए । यसैगरी आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् ।नेपालमा कूल संक्रमितको संख्या १ लाख नाघ्यो .

Leave a Reply

Your email address will not be published. Required fields are marked *