सरकार र डा.केसी पक्षबीचको वार्ता विफल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वार्ता टोलीस्तरमा भएको सहमतिलाई अस्वीकार गरेपछि सरकार र डा. गोविन्द केसीबीच हुनै लागेको सहमति भाँडिएको छ ।

६बुँदे माग राखेर अनसन डा. केसी पक्ष र सरकारी टोलीबीच बिहीबार दिनभर भएको वार्तामा लगभग सहमति जुटेको थियो । सहमतिको मस्यौदाबारे सरकारी वार्ता टोली एवं शिक्षा सचिव गोपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुर्याएका थिए ।

फाइल फोटो

मस्यौदा मन्त्री र प्रधानमन्त्रीकहाँ पनि पुगेको थियो, तर कसैले पनि गम्भीरतापूर्वक लिएको देखिएन,’ डा.जीवन क्षत्रीले भने, ‘डाक्टर केसीको जीवनबारे सरकारी पक्ष गम्भीर देखिएन।’ 

अब केसीको जीवन रक्षाका लागि शनिबारदेखि निर्णायक आन्दोलन हुने क्षेत्रीले बताए। 

केसी २६ दिनदेखि सत्याग्रहमा छन्। उनको स्वास्थ्य अत्यन्तै गम्भीर छ। उनी विभिन्न छ बुँदे माग राख्दै सत्याग्रहमा बसेका थिए। 

सरकारी पक्षले भने थोरै गृहकार्य नपुगेकाले वार्ता टुंगोमा नपुगेको बतायो।

‘वार्ता नमिलेको होइन, थोरै गृहकार्य मिलेको छैन। एक-दुई वटा कुरामा सहमति हुन सकेन,’ शिक्षासचिव मैनालीले भने, ‘भोलि फेरि वार्तामा आउन आह्वान गरेका छौं, भोलिको वार्ता निर्णायक हुन्छ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *