नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा

साविक विजेता राफायल नाडाल फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । पेरिसमा शुक्रबार राति भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाका डिएगो स्वर्ट्जम्यानलाई हराएर नाडाल उपाधि नजिक पुगेका हुन् ।

१२ पटकको च्याम्पियन नाडालले डिएगोलाई ६-३, ६-३ र ७-६ (७-०) को सेटमा पराजित गरे ।

स्पेनिस नाडाल १३ औं पटक फ्रेन्च ओपनको फाइनलमा पुगेका हुन् ।

अब  नाडालले उपाधिका लागि नोभाक जोकोभिच र स्टेफानोस सिट्सिपासबीचको विजेतासँग खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *