स्पेनमा १५ दिने आपतकाल
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलन थालेपछि स्पेनमा फेरि प्रतिबन्ध लगाउन थालिएको छ ।
संक्रमण बढेपछि राजधानी मड्रिडमा १५ दिनको आपतकाल घोषणा गरिएको छ ।
एक हप्ता अघि लगाइएको आंशिक लकडाउन हटाइएपछि सरकारले आपतकालीन अवस्था लागु गरेको हो ।
मड्रिडमा आपतकालीन अवस्था लागु गर्नका लागि सात हजार भन्दा बढी प्रहरी परिचालन हुनेछन् ।
मड्रिडको स्थानीय प्रशासनले लकडाउन लागु गर्न नचाहेपछि केन्द्र सरकारले आपतकाल लागु गरेको हो ।