पाल्पाको निस्दी गाउँपालिका २३ गते देखि कात्तिक १ गतेसम्म बन्द

पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा संक्रमण पुष्टि भएलगत्तै यही असोज २३ गते राति १२ बजेदेखि अगामी कात्तिक १ गते राति १२ बजेसम्मका लागि गाउँपालिका सिल पनि गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *