डा. केसीको धड्कन असामान्य

डा. केसी शारीरिक रूपमा अत्यन्त कमजोर भएका छन् । छातीमा दुखाइ, थकाइ, मांसपेशी दुखाइसँगै बाउँडिने, चक्कर लाग्नेजस्ता समस्या निरन्तर देखिएका छन् ।

अनशनरत डा. गोविन्द केसीको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको छ । यसबाट एक्कासि मुटुले काम गर्न नसक्ने जोखिम बढेको र यसअघिका अनशनभन्दा स्वास्थ्यस्थिति जटिल देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । असामान्य धड्कन बढ्दै जाँदा मुटुको चालमा गडबड भएर सडन कार्डियाक एरेस्ट हुन सक्छ । डा. केसीलाई निमोनिया हुने सम्भावना बढी देखिएकाले शुक्रबार छातीको ‘सिटिस्क्यान’ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *