साझा पार्टीको प्रवक्तामा शरदराज पाठक नियुक्त
साझा पार्टीको केन्द्रीय प्रवक्तामा शरदराज पाठक नियुक्त भएका छन्। केन्द्रीय सदस्य पाठक विगत ६ महिनादेखि सहप्रवक्ताको भूमिकामा थिए। पार्टीका संयोजक रवीन्द्र मिश्रले फेसबुक स्टाटस मार्फत पाठकलाई प्रवक्ता नियुक्त गरिएको जानकारी दिएका हुन्।
उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकको संस्थापक सम्पादक भएर काम गरेका थिए भने त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए।