उपत्यकामा २६ सय ७२ सहित २४ घण्टामा अहिले सम्मकै धेरै ५ हजार ८ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा पाँच हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख पाँच हजार ६ सय ८४ पुगेको छ।

संक्रमितको संख्या ३० हजार ८१८ पुगेको छ।  संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४  जना रहेका छन् भने होम आइसोलेसनमा १७ हजार १ सय ६४ जना छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ ।

त्यस्तै काठमाडौंमा २१ सय, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ गरेर उपत्यकामा २६ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १२ सय २९ जना डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या ७४ हजार २५२ पुगेको छ। यो कुल संक्रमितको ७० दशमलव २ प्रतिशत हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *