सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन

डादशैं, तिहार तथा छठलगायतलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरुस्त कारबाही, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । 

मुख्यतः बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क र गौशालामा ८ वटा टोली सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन हुने एसएसपी ढकालले बताए । सादा पोसाकका ट्राफिक प्रहरीलेफर्जि टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राख्नेछ । त्यस्तै टिकट मूल्यअनुसार लिएको छ, छैन चेकजाँच गर्नेछ । 

DRONE' used for traffic management in traffic police - kalanki - YouTube

महाशाखाले सार्वजनिक गरेको ट्राफिक सुरक्षा योजनामा लामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भए/नभएको प्रविधिबाट हेरिने उल्लेख छ । २ जना चालक भए/नभएको ट्राफिक प्रहरीको एप्सबाट हेर्नसक्ने ढकालको भनाइ छ । सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट टाँस गर्ने र अनिवार्य गराउने महाशाखाको दावी छ । 

फाइल फोटो

नागढुङ्गा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन् । 

सर्वसाधारण यात्रीहरुलाई सुरक्षा सम्बन्धी सू–सुचित गर्नको लागि यात्रु सहायकता कक्षले मनिटरिङ गर्ने यात्रुहरुको पीरमर्का तथा गुनासोलाई सुक्ष्म रुपमा मनन् गरी आवश्यक सहयोग गर्रने बुझिएको छ ।

फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *