पूर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतको आदेश

पाकिस्तानको उच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई नोभेम्बर २४ भन्दा अघि नै अदालतमा हाजिर हुन आदेश दिएको छ ।

उपचार गराउन भन्दै अदालतबाट बिदा लिएर लण्डन पुगेका सरिफ पटक पटक हाजिर हुन आदेश दिँदा पनि पाकिस्तान फर्किएका छैनन् । उच्च अदालतले सेप्टेम्बर १५ मा वारेन्ट जारी गर्दा सरिफले जवाफ दिएनन् । बरु एनको पारिवारिक स्रोतबाट उपचारमा थप समय लाग्ने प्रतिक्रिया आएको थियो ।

यसअघिका आदेश पालना नगरेपछि इस्लामाबादस्थित उच्च अदालतका रजिस्टारले शुक्रबार फेरि सरिफको नाममा पत्र लेखेका हुन् । यसअघि पाकिस्तान सरकारले सरिफलाई फरार अपराधीको रुपमा चित्रित गरेको छ । साथै भारतसँग मिलेर पाकिस्तानी सेनालाई कमजोर पार्ने षड्यन्त्र गरेको आरोप प्रधानमन्त्री इमरान खानले नै लगाएका छन् ।

सरिफ गत वर्षको नोभेम्बरदेखि नै बेलायतको लण्डनमा रहँदैआएका छन् । उपचारका लागि आठ महिनाको बिदा अदालतबाट स्वीकृत भए पनि उनी जानकारी विना नै थप समय बेलायतमै बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *