भरतपुरका वडाध्यक्षको कोरोनाले निधन

भरतपुर महानगरपालिका–२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ६९ वर्षीय तामाङको आइतबार दिउँसो साढे ११ बजे उपचारकै क्रममा मृत्यु भएको हाे ।

असोज १६ गते संक्रमण पुष्टि भएका तामाङ घरमै आइसोलेसनमा रहेकामा अवस्था जटिल भएपछि २३ गते अस्पताल भर्ना गरिएको भरतपुर महानगरकी मेयर रेणु दाहालले बताइन् । उनका अनुसार शनिबार दिउँसोसम्म सामान्य अवस्थामा रहेका तामाङको स्वास्थ्यस्थिति जटिल हुँदै गएपछि आइतबार बिहान भेन्टिलेटरमा राखिएको थियो ।

तामाङ गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *