डीडीसीमै भेटियो म्याद गुज्रिएको बटर

सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको झण्डै दुई लाख किलो बटरमा उपभोग्य मिति सकिएको फेला परेको छ ।

काठमाडौं महानगरपालिका अन्र्तगतको उपभोक्ता हित संरक्षण समितिले मंगलबार गरेको बजार अनुगमनमा एक लाख ९४ हजार किलो ९७५ किलो बटरमा उपभोग्य मिति सकिएको पाइएको हो । उत्पादन सकिएको बटर पनि डीडीसीले सुजलसंग किनेको पाइएको पनि अनुगमन समितिले जनाएको छ । सुजलसंग किनेको बटरबाट डीडीसीले घिउ उत्पादन गरेर बजार पठाउने गर्दछ ।

तर दुग्ध विकास संस्थानको बालाजु आयोजनाले भने बटरको म्याद नसकिएको दाबी गरेको छ । संस्थाले सम्झौता गरेर सुजल किनेको बटर माइनस २० डिग्रिमा भण्डारण गरेको र सबैखाले गुणस्तरण परीक्षण गरेर मात्रै घिउ बनाउने गरिएको आयोजना प्रमुख गोविन्द जोशीले बताए ।

सरकारी कम्पनीको गुणस्तर खस्काएर बदनाम गर्ने रउपभोक्ता स्वास्थ्यमा प्रतिकुल असर पार्ने काममा संलग्नलाई छानबिन गरी कडा कारबाही गर्नुपर्ने तिमिल्सिना बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *