जिल्ला प्रशासन कार्यालय काठमाडौंका अत्यावश्यक बाहेकका सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को सूचना नआएसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ । आज एक सूचना जारी गर्दै सो कार्यालयले अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको हो ।

कार्यालयले शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाइ सम्बन्धी सेवा र विपद् व्यवस्थापन सम्बन्धी सेवामात्रै सञ्चालनमा आउने जानकारी दिएको छ । बाँकी सेवा भने तत्कालका लागि स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ । स्थगित भएका सेवाहरुमा नागरिकता वितरण, हातहतियार दर्ता र नविकरण, संस्था, पत्रपत्रिका दर्ता र नविकरण लगायत रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *