समिट एयरले थल्यो सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा उडान

सुदूरपश्चिमको पहाडी जिल्लामा नियमित उडान भर्ने योजना बनाएको समिट एयरको टुइन अटर बिमान मंगलबार बझाङ पुगेकाे छ ।

कैलालीको धनगढी विमानस्थलबाट समिट एयरको ९ एन—एकेजेड विमान १६ जना यात्रु बोकेर बझाङ पुगेको हो । बझाङबाट पनि १६ जना यात्रु बोकेर उक्त विहान धनगढी फर्केको छ ।

परीक्षण उडान सफल भएपछि मंगलबार नियमित उडान सुरु भएको छ । बझाङको पहिलो उडान पूरा गरेर विमान बाजुरा जाने तयारीमा रहेकोसमिट एयरका धनगढी प्रमुख सरोज उप्रेतीले जानकारी दिए । बझाङमा सातामा दुई दिन मंगलबार र शुक्रबार उडान भर्ने समिट एयरको तयारी छ ।

नेपाल नागरिक उड्यन प्राधिकरणले धनगढीलाई केन्द्र बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सञ्चालन गर्न एयर ट्राफिक कन्ट्रोलर खटाइसकेको छ । टर्मिनल भवन, टावरलगायतका अन्य उपकरण जडान नभएको अवस्थामा तत्कालका लागि भीएचएफ प्रणालीबाट हवाई सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति खटाएको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *